सामसुङले घटायो सर्वाधिक बिक्री हुने पाँच मोबाइलको मूल्य

सामसुङले घटायो सर्वाधिक बिक्री हुने पाँच मोबाइलको मूल्य

काठमाडौं : सामसङ नेपालले आफ्ना सर्वाधिक बिक्रीको सूचीमा रहेको पाँच वटा मोबाइलको मूल्य घटाएको छ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले ग्यालेक्सी ए३४ फाइभजी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४, ग्यालेक्सी एम१४ फाइभजी र ग्यालेक्सी एम०४ को मूल्य दुई हजार रुपैयाँ घटाएको हो।

मूल्य घटेसँगै अब ग्यालेक्सी ए३४ फाइभजी ४३ हजार ९९९, ग्यालेक्सी ए०४एस १९ हजार ९९९, ग्यालेक्सी ए०४ १४ हजार ९९९, ग्यालेक्सी एम१४ फाइभजी २२ हजार ९९९ र ग्यालेक्सी एम०४ १५ हजार ९९९ रुपैयाँ कायम भएको छ।

सामसङको ग्यालेक्सी ए सिरिजलाई किफायती मूल्यमा पाइने मोबाइल भनेर चिनिँदा एम सिरिज हाइ पमफर्मेन्स दिने मोबाइलका रुपमा चिनिन्छ।

अति आकर्षक विशेषताहरु र पावरफुल पर्फर्मेन्स बाहेक ग्यालेक्सी ए३४ मा पाँच वर्षको सेक्युरिटी अपडेट र चार वर्षकाको ओएस अपग्रेड सुविधा छ।

यसैगरी, ग्यालेक्सी ए०४, ग्यालेक्सी ए०४एस, एम१४, र ए०४मा पनि चार वर्षको सेक्युरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेडको सुविधा छ।

कम्पनीले अफरको फाइदा उठाउन ग्राहकलाई आग्रह गरेको छ।

पुष १७, २०८० मंगलबार ०८:०७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।