बालकुमारीबाट पक्राउ गरिएका ७३ जनालाई मुद्दा नचलाइने

बालकुमारीबाट पक्राउ गरिएका ७३ जनालाई मुद्दा नचलाइने

काठमाडौं : ललितपुरको बालकुमारीमा हिजो प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ।

उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ। पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाई आजै छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले हिजो बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेको थियो। त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली चलाउँदा दुई जनाको मृत्यु समेत भएको थियो। झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो।

उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो। मृतकको शव पाटन अस्पतालमा राखिएको छ। दुवै शव आफन्तले बुझ्न बाँकी छ। शव बुझ्न कुनै माग भने नगरिएको प्रहरीले जनाएको छ।

१४ पुस, २०८०, १६:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।