सन्दीप लामिछाने विरूद्वको मुद्दामा आजै फैसला आउने

सन्दीप लामिछाने विरूद्वको मुद्दामा आजै फैसला आउने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ।

दुवै पक्षको बहस र वादी पक्षबाट जवाफी बहस सकिएपछि फैसलाको तयारी गरिएको हो। यो मुद्दामा आजै आदेश आउने छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन्।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो। यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो।

१३ पुस, २०८०, १७:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।