चार दिनदेखि हराइरहेकी लामाको शव घरमुनि बारीमा भेटियो

चार दिनदेखि हराइरहेकी लामाको शव घरमुनि बारीमा भेटियो
सांकेतिक तस्बिर

काठमाडौं : चार दिनदेखि हराइरहेकी सिन्धुपाल्चोककी एक महिलाको शव भेटिएको छ।

पुस ५ गते बिहान सात बजेदेखि हराइरहेकी सुनकोशी गाउँपालिका-५ भोटेयमुनाकी ५० वर्षीया बसुम डोल्मा लामाको शव चार दिनपछि ९ गते बिहान भेटिएको हो।

शव लामाको घरभन्दा एक किलोमिटर दक्षिण बारीमा भेटिएको इलाका प्रहरी कार्यालय जलबिरेले जनाएको छ।

प्रहरीका अनुसार लामाको शव जंगली जनावरले खाएको जस्तो देखिएको छ।

दिउँसो उक्त शवको बजे मुचुल्का उठाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१० पुस, २०८०, ११:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।