फागुनमा तीन दिनसम्म औषधि उत्पादक संघको एक्स्पो हुने

फागुनमा तीन दिनसम्म औषधि उत्पादक संघको एक्स्पो हुने

काठमाडौं : चितवनमा नवौं नेपाल फार्मा एक्स्पो-२०२४ हुने भएको छ।

नेपाल औषधि उत्पादक संघ (एप्पोन)को आयोजनामा चितवनको भरतपुरमा फागुन २५ देखि २७ गतेसम्म तीन दिन एक्पो हुन लागेको हो।

आयोजक एप्पोनले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक्स्पोमा एक सय ५० भन्दा बढी स्टल रहने जानकारी दिए।

एक्स्पोमा नेपाल, भारत, सिंगापुर र बंगलादेशका प्रदर्शकहरूको बाहुल्य रहने छ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यो एक्स्पो नेपाल औषधि उत्पादक संघकको महत्वपूर्ण इभेन्टको रुपमा लिइन्छ।

यो वर्षको एक्स्पोको नारा ‘नेपालमा फार्मा उद्योगको दिगोपन र वृद्धिका अगुवाइ’ राखिएको छ।

७ पुस, २०८०, ०८:५५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।