स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी प्रारम्भ, मल्लले गरे उद्घाटन

स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी प्रारम्भ, मल्लले गरे उद्घाटन

काठमाडौँ : चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी,२०८० सुरु भएको छ। भृकुटीमण्डपमा  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रदर्शनीको उद्घाटन गरेका थिए। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका एक सय भन्दा बढी स्टलहरू रहेका छन्।

नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी रहेको आयोजकले जानकारी दिएका छन्। प्रदर्शनकीको आयोजना मिडिया स्पेस सोलुसन प्राली, फयुचरेक्स ट्रेड फेयर एन्ड ईभेन्टस् प्रावि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले गरेको हो।

नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगकालागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने आयोजकको दाबी छ।

नेपाल फाईभ पी प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ्, इन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहेको छ। प्रदर्शन तीन दिनसम्म आयोजना हुनेछ।

५ पुस, २०८०, १५:०८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।