बनेपाको तरकारी बजारमा भेटियो ३ दिने शिशुको शव

बनेपाको तरकारी बजारमा भेटियो ३ दिने शिशुको शव
सांकेतिक तस्बिर

काठमाडौं : काभ्रेपलाञ्चोकमा नवजात शिशुको शव भेटिएको छ।

सोमबार साँझ ६ बजे जिल्लाको बनेपा नगरपालिका-५ स्थित नयाँ तरकारी बजार पछाडि रहेको चौरमा नवजात शिशुको शव भेटिएको प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

प्रहरीका अनुसार अन्दाजी २/३ दिनको देखिने नवजात शिशुको शव रातो कपडाले बेरिएको अवस्थामा रहेको भनेर खबर प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो।

प्रहरीले शवको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि धुलिखे अस्पताल पठाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

३ पुस, २०८०, १०:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।