परीक्षाको प्रश्नपत्र दिने बहानामा विद्यार्थीलाई घरमा बाेलाएर यौन दुर्व्यवहार

परीक्षाको प्रश्नपत्र दिने बहानामा विद्यार्थीलाई घरमा बाेलाएर यौन दुर्व्यवहार

रामेछाप : जिल्लामा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका-७ स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की रहेका छन्।

सार्कीले गत मंसिर २७ गते परीक्षाका लागि तयार पारेको प्रश्नपत्र दिने बहानामा घरमा बोलाएर कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

पीडितको उजुरीपछि सार्कीलाई पक्राउ गरिएको हो।

३ पुस, २०८०, ०८:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।