मलेसियामा भएको घटनामा नेपालमा पक्राउ परे अनिलकुमार

मलेसियामा भएको घटनामा नेपालमा पक्राउ परे अनिलकुमार

काठमाडौँ : मलेसियामा नेपालीको हत्या गरेर काठमाडौँ आएका आरोपी युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अनिलकुमार साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

उनीमाथि मंसिर २५ मा मलेसियामा झापा शिवसताक्षी नगरपालिका–३ का ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप छ। प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा काम गरिरहेको र उनले प्रधानको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काठमाडौँले अनुसन्धानका लागि उनलाई आइतबार पक्राउ गरेको थियो।

मुलुकी अपराध संहितामा नेपालीले नेपालीमाथि जुन देशमा अपराध गरे पनि स्वदेशमा अनुसन्धान हुनसक्ने प्रावधान राखेको छ। सोही प्रावधान अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले बहुक्षेत्रीय अधिकारको आधारमा इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर नेपालमा हत्यामा उनको संलग्नताबारे अनुसन्धान गर्ने जानकारी दिएको छ।

१ पुस, २०८०, २२:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।