डा. जोशीको नेतृत्वमा जनस्वास्थ्य चिकित्सक समाजको नयाँ नेतृत्व चयन

डा. जोशीको नेतृत्वमा जनस्वास्थ्य चिकित्सक समाजको नयाँ नेतृत्व चयन

काठमाडौँ : नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ नेतृत्व चयन भएको छ। आइतबार प्रा. डा. सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन भएको हो। 

समाजको अध्यक्षमा डा. जोशी चयन भएका छन्। अध्यक्षमा डा. जोशी चयन हुनुपूर्व समाजको अध्यक्षमा डा. नरेश प्रताप केसी थिए।

त्यसैगरी उपाध्यक्ष डा. नास्तु शर्मा र महासचिव, डा. गुणनिधि शर्मा चयन भएका हुन्। त्यसैगरी सह– सचिवमा डा. गजानन्द भण्डारी, कोषाध्यक्ष डा. मुरारी मान श्रेष्ठ चयन भएका छन्।

सदस्यहरूमा डा. भीमसिंह तिंकरी, डा. चुमनलाल दास, डा. आशा पुन, डा. दुर्गा भण्डारी, डा. अनुज भट्टचन चयन भएका छन्।

नयाँ कार्यसमितिले नेपालको स्वास्थ्य प्रणाली सुधारमा नेपाल सरकारलाई आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको नेपाल जनस्वास्थ्य चिकित्सक समाजले जनाएको छ।

‘व्यवसायजन्य स्वास्थ्य’ विषयमा समेत नर्वेबाट स्नातकोत्तर गरेका नवनिर्वाचित डा. जोशी विशेषगरी ‘व्यवसायजन्य स्वास्थ्य सुरक्षा’का विषयमा वकालत गर्ने चिकित्सक हुन्। यो विषयको नीति निर्माण तथा कार्यान्वयनमा उनी सक्रिय भूमिका खेलेका चिकित्सक हुन्।

२४ मंसिर, २०८०, २०:०७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।