आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा सफा

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा सफा

काठमाडौं : पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहँदा तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २२, २०८० शुक्रबार ०७:२३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।