देशभर पश्चिमी वायु र मिचौङ आँधीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायु र मिचौङ आँधीको प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी वायुको साथै भारतकाे आन्द्र प्रदेश आसपास रहेको मिचौङ नामक सामुद्रिक आँधीको प्रभाव छ।

जसकारण हाल कोशी, मधेश साथै  देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती कोशी, मधेश, बागमती  र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशका र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंसिर २०, २०८० बुधबार ०७:३७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।