शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र झोला वितरण

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र झोला वितरण

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले विद्यालयलाई स्कुल बस र विद्यार्थीहरूलाई झोला वितरण गरेको छ।

हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि झोला वितरण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लिमिटेडले स्कुल बस तथा झोलाहरू वितरण गरेको हो।

कम्पनीले यसअघि पनि उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्रीहरू वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण कार्य गर्दै आइरहेको छ।

मंसिर १७, २०८० आइतबार १३:४६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।