भारत-अष्ट्रेलिया टी-२० सिरिजको अन्तिम खेल आज

भारत-अष्ट्रेलिया टी-२० सिरिजको अन्तिम खेल आज

काठमाडौं : भारत र अष्ट्रेलियाबीचकाे पाँच खेलको टी-२० सिरिजको आज अन्तिम खेल हुँदैछ।

खेल बैंग्लुरुकाे एम चिन्नस्वामी स्टेडियममा साँझ सवा सात बजे हुनेछ। सिरिज भारतले ३-१ ले जितिसकेको छ।

आजको खेल दुवै टोलीले प्रतिष्ठाको लागि मात्र खेल्नेछन्। भारत सूर्यकुमार यादव र अष्ट्रेलिया म्याथू वेडको कप्तानीमा सिरिज खेलिरहेका छन्।

दुई खेलमा लगातारको हारपछि तेस्रो खेलमा ग्लेन म्याक्सवेलको शतकमा अष्ट्रेलियाले उत्कृष्ट पुनरागमन गरेको थियो।

तर चौथो खेल तेस्रोको जस्तो कायम राख्न सकेन र उपाधि भारतलाई सुम्पिन पुग्यो।

भारतले पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो।

तेस्रो खेल अष्ट्रेलियाले पाँच विकेटले आफ्नो पक्षमा पार्दा चौथो खेल भारतले २० रनले जितेको थियो।

मंसिर १७, २०८० आइतबार १०:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।