बुटवलमा तीन करोडको लगानीमा ग्यास्ट्रो सेन्टर सञ्चालन

बुटवलमा तीन करोडको लगानीमा ग्यास्ट्रो सेन्टर सञ्चालन

बुटवल : बुटवलमा तीन करोडको लगानीमा ग्यास्ट्रो सेन्टर प्रालि सञ्चालनमा आएको छ।

लुम्बिनी प्रदेश पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यसहित विशेषज्ञ टिमले बुटवल उपमहानगरपालिका-६ मा हस्पिटल लाइन फाइब्रोस्क्यान सेवा सहित ग्यास्ट्रो सेन्टर प्रालि बुटवल सञ्चालनमा ल्याएका हुन्।

प्रालिका सञ्चालक तथा वरिष्ठ पेट आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसालले काठमाडौं बाहिर लुम्बिनी प्रदेशमा प्रालिमा पेट सम्बन्धी समस्याको उपचार हुने बताए।

भुसाललको काठमाडौं टिचिङ अस्पतालमा लामो समय पेट रोग सम्बन्धी काम गरेको कार्यअनुभव छ।

तीन करोड रूपैयाँको लागतमा सञ्चालित प्रालिमा डिजिटल प्रविधिबाट विरामीको चेकजाँच गरिने प्रालिका सञ्चालक तथा डा. रामप्रसाद अर्यालले जानकारी दिए।

मंसिर १७, २०८० आइतबार ०८:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।