सिन्धुलीका स्थानीयलाई १६ ट्रियो हस्तान्तरण

सिन्धुलीका स्थानीयलाई १६ ट्रियो हस्तान्तरण

काठमाडौं : महिन्द्रा एण्ड महिन्द्राका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले सिन्धुलीमा १६ इलेक्ट्रिक अटो स्थानीयलाई हस्तान्तरण गरेको छ।

अग्नि हायर पर्चेज र राष्ट्रिय बाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीलाई इलेक्ट्रिक अटो ‘ट्रियो’ खरिद गर्र्न सहज र झन्झटमुक्त बनाइएको हो। साथै सवारी साधन बीमा गर्न प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ।

संस्थाहरूको यस्तो वित्तीय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना हुने कम्पनीको दाबी छ।

आर्थिक भार कम पर्ने र पेट्रोल मुक्त सार्वजनिक यातायात आएसंगै स्थानीयहरू पनि खुशी भएका छन्। अहिले सिन्धुलीको सडकमा ट्रियोको संख्या उल्लेख्य मात्रामा बढेको छ।

मंसिर १४, २०८० बिहीबार ०७:४१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।