आज पनि हल्का वर्षा र हिमपातको सम्भावना

आज पनि हल्का वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

काठमाडौं : मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंसिर १४, २०८० बिहीबार ०६:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।