डिशहोम फाइबरनेटको ‘शानदार १२ महिने’ अफर सार्वजनिक

डिशहोम फाइबरनेटको ‘शानदार १२ महिने’ अफर सार्वजनिक

काठमाडौं : डिशहोम फाइबरनेटले शानदार १२ महिने अफर सार्वजनिक गरेको छ।

कम्पनीले ५० देखि ३०० एमबीपीएससम्मको इन्टरनेटमा यो अफर ल्याएको हो। अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज भ्याटबाहेक ६ हजार ६८५ रूपैयाँमा जडान गर्न सक्नेछन्।

वार्षिक प्याकेज जडान गर्दा ग्राहकले फाइभ-जी ड्युल ब्यान्ड राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ।

यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य भ्याटबाहेक ७ हजार ७९९ रुपैयाँ पर्थ्यो।

ग्राहकहरूले ५० देखि २५० एमबीपीएससम्मको वार्षिक प्याकेज जडान गर्दा फाइभ-जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज किन्दा वाइफाइ-६ राउटर पाउनेछन्।

यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिएको छ। उक्त अफरमा ५० एमबीपीएसको २४ महिने अफरको मूल्य भ्याटबाहेक १० हजार ४९९ रुपैयाँ पर्छ।

मंसिर १२, २०८० मंगलबार ०९:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।