चिकित्सा शिक्षा आयोगको निर्देशक छान्न समिति गठन

चिकित्सा शिक्षा आयोगको निर्देशक छान्न समिति गठन

काठमाडौँ : चिकित्सा शिक्षा आयोगको निर्देशकको लागि नाम छनोट गर्न तीन सदस्यीय समिति गठन भएको छ। आगामी मङ्सिरदेखि आयोगका चार निर्देशकको पद रिक्त हुँदैछ।

आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त हुने ठाउँमा चार नयाँ निर्देशकको लागि नाम सिफारिस गर्न बिहीबार समिति गठन गरेका हुन्। आयोग स्रोतका अनुसार छनोट समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल छन्। समितिका सदस्यमा डा. रमेशकान्त अधिकारी र बुद्धिबहादुर थापा छन्।

प्रधानमन्त्री दाहालले समितिले काम सुरु गरेको १५ दिन भित्रमा निर्देशक नियुक्तिका लागि आयोगका उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न निर्देशन दिएका छन्।  आयोगमा भएका चार वटा निर्देशनालयमा चार जना नयाँ निर्देशक नियुक्त हुनेछन्।

कात्तिक २३, २०८० बिहीबार २१:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।