रेशम चौधरीको माफी मिनाहाको सुनुवाइ स्थगित

रेशम चौधरीको माफी मिनाहाको सुनुवाइ स्थगित

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ।

निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिले १३ जेठ, २०८० मा संविधान दिवसको अवसरमा माफी मिनाहा दिएका थिए। उनी १५ जेठमा जेलबाट छुटेका थिए।

त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो।

२३ कात्तिक, २०८०, १२:१६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।