चिनियाँ नेता वाङ आज नेपाल आउँदै, प्रधानमन्त्रीलाई भोलि मात्र भेट्ने

चिनियाँ नेता वाङ आज नेपाल आउँदै, प्रधानमन्त्रीलाई भोलि मात्र भेट्ने

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन्।

औपचारिक भ्रमणमा बुधबार नेपाल आउन लागेका वाङको उच्चस्तरीय राजनीतिक भेटघाट कार्यक्रम छ।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत नेपाल आउन लागेका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्नेछन्।

वाङले आज उपराष्ट्रपति रामसहाय यादव लाई भेट्नेछन्।

बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

२५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नेछन्।

चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो। 

२२ कात्तिक, २०८०, ०८:१८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।