एमाले मधेसको नेतृत्व सर्वसम्मत, अध्यक्षमा चन्देश्वर मण्डल

एमाले मधेसको नेतृत्व सर्वसम्मत, अध्यक्षमा चन्देश्वर मण्डल

जनकपुर : एमाले मधेस प्रदेशमा सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल निर्विरोध निर्वाचित भएकाे केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए।

यस्तै, उपाध्यक्षमा विचारी यादव सर्वसम्मत चयन भएकी छन्।  सचिवमा मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैस निर्विरोध निर्वाचित भएका हुन्। 

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिए।

यसअघि एमालेको उपत्यका विशेष र सुदूरपश्चिम प्रदेशमा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो।लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिएको थियो।

२६ असोज, २०८०, १३:३८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।