डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’  विशेष प्रदर्शन हुने

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’  विशेष प्रदर्शन हुने

काठमाडौं : नेपाली ग्रामीण भेगको समसामयिक कथामा आधारित भएर निर्माण गरिएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ नेपालका मुख्य शहरमा विशेष प्रदर्शन गरिने भएको छ। 

सबै नेपालीले मनन् गर्नुपर्ने कथामा डकुमेन्ट्री सर्ट फिल्म बनेको हुनाले स्वदेशसँगै नेपालीको बसोबास रहेको अन्य देशमा पनि फिल्मको विशेष प्रदर्शन गर्ने योजना रहेको निर्देशक रामजी ज्ञवालीले बताए।

‘अहिले हाम्रो गाउँ एक्लो छ। एक्लो गाउँमा धेरै कथा छन्, हामी एउटा कथा बोल्दैछौं, जुन कथा असाध्यै दर्दनाक छ’ ज्ञवालीले भने।

पहिलो विशेष प्रदर्शन काठमाडौंबाट हुने र यसबाट उठेको सम्पूर्ण रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण निर्माण टोलीले जनाएको छ। 

आनन्दराज प्रोडक्सन र राम्रो इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सर्ट फिल्ममा कलाकार हिउँवाला गौतम, अभिनेता मुकुन भुषाल, सुवास गजुरेल र नव–अभिनेत्री सविना राउतको अभिनय छ।

रामजी ज्ञवालीको कथा तथा निर्देशनमा निर्माण भएको सर्ट फिल्मका सहायक निर्देशक दिनेश वहादुर रावत हुन्। निर्देशक ज्ञवालीले यसअघि डार्कमुन, हनिमून, आराध्या सर्टफिल्म निर्माण तथा केही म्युजिक भिडियो निर्देशन गरेका थिए।

भदौ ३१, २०८० आइतबार ११:१०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।