श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

काठमाडौं : हृदयघातबाट निधन भएका एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ। 

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिन लागेको हो।

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यहीं निधन भएको थियो ।

 

२६ भदौ, २०८०, ०७:३२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।