कञ्चनपुरको मोहना नदीमा डुबेर एक महिलाको मृत्यु

कञ्चनपुरको मोहना नदीमा डुबेर एक महिलाको मृत्यु

धनगढी : कञ्चनपुरको मोहना नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटकी ७० वर्षीया गौरादेवी महराको नदीमा डुबेर मृत्यु भएको हो। 

महरा आइतबार बिहान नदीमा नुहाउने क्रममा बेपत्ता भएकी थिइन्। बेपत्ता भएकी वृद्धाको शव सशस्त्र प्रहरीको टोलीले निकालेको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक कमल जोशीको नेतृत्वमा खटिएको टोलीले नदीबाट शव निकालेको थियो।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति प्रेमबहादुर रावलले प्रहरीले बेपत्ता महिलाको खोजीकार्य गर्न नसकेपछि सशस्त्र प्रहरीले खोजेर प्रहरीलाई बुझाएको बताए।

१० भदौ, २०८०, १४:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।