अब घर बसाउने र आमा बन्ने आत्मविश्वास ममा छैनः मनीषा कोइराला

अब घर बसाउने र आमा बन्ने आत्मविश्वास ममा छैनः मनीषा कोइराला

काठमाडौँः अभिनेत्री मनिषा कोइरालाले घर बसाउने र आमा बन्ने कन्फिडेन्स नभएको बताएकी छन्। 

भारतीय अनलाइन सञ्चारमाध्यम इटाइम्ससँगको कुराकानीका क्रममा मनिषाले भनिन्,‘फेरि घर बसाउने समय बितिसक्यो।तर कहिलेकाहीँ लाग्छ, यदि मेरो जीवनसाथी भएको भए जीवन राम्रो हुन्थ्यो होला।' 

उनले अब आफ्नो जीवन पूरा भएको बताइएकी छन्। 'मेरो घरपालुवा कुकुर र मेरो बिरालो अब मेरा बच्चाहरू हुन्। यसबाहेक, मसँग मेरा आमाबाबु छन्। धेरै राम्रा साथीहरू छन्। तर अझै पनि कहिलेकाहीँ लाग्छ कि जीवन राम्रो हुन्थ्यो, यदि मेरो साथी भएको भए,' उनले भनेकी छन्। 

अहिले आफू आफ्नो स्वास्थ्यमा ध्यान केन्द्रित भएको भन्दै उनले जीवनको स्वतन्त्रताको आनन्द उठाइरहेको बताइन्।

अभिनेत्री मनिषा कोइरालालाई उक्त अन्तर्वार्तामा पुनर्विवाह र सन्तानबारे सोधिएको थियो। आफ्नो कमजोर स्वास्थ्यका कारण अहिले आमा बन्ने आत्मविश्वास नभएको उनले बताएकी थिइन्।

मनिषाले सन् २०१० मा व्यवसायी सम्राट दाहालसँग विवाह गरेकी थिइन्। यद्यपि यो सम्बन्ध लामो समय टिक्न सकेन। दुवै सन् २०१२ मा अलग भएका थिए। 

३० असार, २०८०, १०:१३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।