महिला भक्तलाई यौनाङ्गको टीका लगाइदिने ‘गौरी गुरु’विरुद्ध २६ जनाको जाहेरी, लक्ष्मी नेउपाने पनि पक्राउ

महिला भक्तलाई यौनाङ्गको टीका लगाइदिने ‘गौरी गुरु’विरुद्ध २६ जनाको जाहेरी, लक्ष्मी नेउपाने पनि पक्राउ

काठमाडौं : धर्मको नाममा अफवाह फैलाएर महिलाहरू ठगी गरेको आरोप लागेका ओम आश्रमका प्रमुख शिव सुत गौरी उर्फ पुरुषोत्तम काफ्लेविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा २६ जनाले उजुरी दिएका छन्।

२६ जनाले उजुरी दिँदा ४१ तोला १२ आना सुन र नगद ५ करोड १३ लाख ९६ हजार रूपैयाँ ठगी गरेकको उल्लेख छ।

‘हामीले पुरुषोत्तम काफ्लेलाई पक्राउ गरेको १२ दिन भयो। उहाँको सहयोगी भनिने लक्ष्मी नेउपानलेलाई पनि पक्राउ गरेका छौँ। अनुसन्धान भइरहेको छ,’ सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन्, ‘अहिले म्याद थपेर अनुसन्धान भइरहेको छ।’

दोलखाका पुरुषोत्तम काफ्लेले विगत १५ वर्षदेखि आश्रम चलाउँदै आइरहेका थिए। आश्रममा उनले महिलाहरूलाई तालिम दिएर सशक्तिकरणका लागि आह्वान गर्थे।

शुरूमा तालिम दिने उनले त्यसपछि भने श्रीमान् र छोराछोरीलाई नभनी सुन र नगद आफ्नो सहयोगी मार्फत आश्रममा जम्मा पार्न लगाउने गरेको पीडितको भनाइ छ।

कसैले केही सोधेमा उनलाई चित्त नबुझे नाङ्गै भएर महिलाहरूको अघि उपस्थित हुने गरेको उनीहरूले बताए। दिनभरी आश्रममा बस्ने राती भने पशुपति नाथको शिवलिङ्गमा विलिन हुने भन्दै उनले भक्तहरूलाई अफवाह फैलाउँथे।

२० असार, २०८०, १६:४८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।