ठमेलमा किनेको साढे आठ किलो चरेस बोकेर स्वीट्जरल्याण्ड हिँडेका कुक्रेभी पक्राउ

ठमेलमा किनेको साढे आठ किलो चरेस बोकेर स्वीट्जरल्याण्ड हिँडेका कुक्रेभी पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौँ : ठमेलमा प्रतिकिलो एक सय युरोको दरले किनेको ८ किलो सात सय ग्राम चरेस लिएर स्वीट्जरल्याण्ड हिँडेका माल्दोभाका नागरिक डेनिस कुक्रेभी विमानस्थलमा पक्राउ परेका छन्।

ब्यागभित्र लुकाएर चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो। उनी इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान विमानस्थल पुगेका थिए।

अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा उनको ब्यागको चेकजाँच गर्दा ब्याकभित्र गोप्य रूपमा चरेस लुकाएर लैजान लागेको अवस्थामा ८ केजी ७ सय ४० ग्राम चरेस बरामद भएको ब्युरोले जानकारी दिएको छ।

उनले प्रहरीको प्रारम्भिक बयानमा ठमेलमा हिँडिरहेको बेलामा चरेस किन्न अफर आएको र प्रतिकिलो एक सय युरोमा चरेस किनेको दाबी गरेका छन्। उनले खैरो रङ्गको प्लास्टिकले बेरेर चरेस लगेजमा लुकाएका थिए।  

११ असार, २०८०, २२:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।