खोलामा करेन्ट लगाएर माछा मार्दा आफ्नै ज्यान गयो

खोलामा करेन्ट लगाएर माछा मार्दा आफ्नै ज्यान गयो

मुगु : खोलामा करेन्ट लगाएर माछा मार्दा मुगुमा माछा मार्ने युवकको नै करेन्ट लागेर ज्यान गएको छ।

छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।

ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भाम दिउँसो २ बजेतिर करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए।

अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। 

माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ।

२७ जेठ, २०८०, ०७:२४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।