प्रचण्डकी नातिनी स्मिताले ल्याइन् नयाँ‍ गीत ‘आँखामा गाजल’

प्रचण्डकी नातिनी स्मिताले ल्याइन् नयाँ‍ गीत ‘आँखामा गाजल’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन्।

उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्। उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो। 

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छिन्। जसमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ। 

सुदिप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्। गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन्। 

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन्।

‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ उनले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु। रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैंझै माया गर्नुहुन्छ भन्ने आशा छ।’

‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ आदि स्मिताका चर्चित गीतहरु हुन्।

१३ जेठ, २०८०, १६:०१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।