नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

काठमाडौं : नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता भएको छ।

दुई कम्पनीबीच नेपाल रेमिट इन्टरनेश्नलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखामार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत  मोहम्मद रिजवान आलम तथा रेमिका नायब महाप्रबन्धक देवबहादुर थापाले हस्ताक्षर गरेका हुन्।

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल साथै रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा सम्झौता भएको हो।

१२ जेठ, २०८०, १७:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।