नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले आज बुझाएन अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणः प्रहरीले आज बुझाएन अनुसन्धान प्रतिवेदन

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका परेका १६ जनामाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले आज नबुझाउने भएको छ। 

जिल्ला प्रहरी परिसरले तयारी नपुगेको नबुझाउने जानकारी गराएको कार्यालयले जनाएको छ।

यस प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउने भएको छ। दुई महिना लामो अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो। 

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन्।

पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकसहित अन्य अझै फरार रहेका छन्। 

७ जेठ, २०८०, १९:२१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।