आईपीएल : चेन्नईले टस जित्यो

आईपीएल : चेन्नईले टस जित्यो

काठमाडौं : भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा शनिबार हुन लागेको पहिलो खेलमा चेन्नई सुपर किंग्सले टस जितेको छ।

दिल्ली क्यापिटल्सविरुद्धको खेल अहिले केहीबेरमा दिल्लीको अरुण जेटली स्टेडियममा सुरु हुनेछ।

हाल चेन्नईको टोली १५ अंक र राम्रो नेट रनका आधारमा अंक तालिकाको दोस्रो स्थानमा रहँदा दिल्ली यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ।

अर्कोतर्फ हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ। चेन्नईका लागि प्लेअफको शीर्ष २ टोलीमा पुग्नको लागि यो आईपीएलको अन्तिम खेल जित्नु धेरै महत्त्वपूर्ण छ।

प्लेअफका बाँकी तीन टोलीको टुंगो आज र आइतबार हुने अन्तिम चार लिग खेलबाट हुनेछ।

अर्कोतर्फ, आईपीएलमा चेन्नई र दिल्लीबीचका खेल हेर्दा धेरै खेल चेन्नईले जितेको छ।

आईपीएलमा दुवै टोली अहिलेसम्म २८ पटक आमनेसामने भएका छन्। जसमध्ये १८ खेल चेन्नई सुपर किंग्सले र १० खेल दिल्ली क्यापिटल्सले जितेको छ।

६ जेठ, २०८०, १५:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।