गगनले प्रचण्डलाई भने : शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्नुस्, तपाईंको फिल्म चल्छ

गगनले प्रचण्डलाई भने : शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्नुस्, तपाईंको फिल्म चल्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरमा ल्यानुपर्ने बताएका छन्।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस प्रकरणमा कसैले पनि अनुसन्धानलाई प्रभावित पार्न नहुने बताए। 

‘यसमा संलग्न जुनसुकै दलको होस्, जोसुकै होस्, कारबाहीको दायरामा आउनुपर्छ। बजारको हल्लाले प्रभावित नहोस्, कुनै भेटघाटले, दबावले अनुसन्धान प्रभावित नहोस्,’ उनले भने, ‘अनुसन्धान फ्री र फेयर होस्। निर्दोष कोही पनि नपरोस्। तर, दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।’

‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने अगाडि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ, हाउसफुल हुन्छ नत्र हल खाली हुन्छ,’ उनले थपे।

२७ बैशाख, २०८०, १३:५६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।