फुटपछि बसेको जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि

फुटपछि बसेको जसपा नेपालको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ।

बैठकमा पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको अजेण्डा र समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ।

बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ।

पार्टी फुटपछि जसपा नेपालकाे पहिलो केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका गएको बेला यहाँ अशोक राईले पार्टीका सात सांसद लिएर पार्टी फुटाएका थिए।

जेठ १, २०८१ मंगलबार ०८:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।