संयुक्त बैठकअघि दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्दै सभामुख घिमिरे

संयुक्त बैठकअघि दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्दै सभामुख घिमिरे

काठमाडौं : संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले दिउँसो १२:३० बजे प्रमुख सचेतकहरूसँग परामर्श गर्न लागेका हुन्।

अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। 

यसअघि संसदको कार्यव्यवस्था समिति बसेर संयुक्त बैठकको तयारी र कार्यसूची निर्णय गर्नुपर्नेछ।

सभामुखले यिनै विषयमा परामर्श गर्न प्रमुख सचेतकहरूसँग बस्न लागेका हुन्।

जेठ १, २०८१ मंगलबार ०९:२५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।