राष्ट्रपतिको सम्बोधनमा सहयोग गरिदिन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

राष्ट्रपतिको सम्बोधनमा सहयोग गरिदिन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन्।

संसद्को गतिरोध हटाउन मंगलबार विहानै प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटवार्तामा राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

‘प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको छु। म समस्या समाधानतर्फ नै उन्मुख छु, तपाईंहरूले सहयोग गर्नुपर्योस भन्नुभयो,’ लेखकले भने, ‘नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने तयारी छ। राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरिदिनुस् भन्नुभएको छ। प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्छौँ।’

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए।

कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दैछ। कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

जेठ १, २०८१ मंगलबार ०८:३९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।