टप फाइभ : संसद चलिरहँदा सांसद्ले कपडा खोलेको देखि सन्दीपको शल्यक्रिया सफल भएको प्रसङ्गसम्म

टप फाइभ : संसद चलिरहँदा सांसद्ले कपडा खोलेको देखि सन्दीपको शल्यक्रिया सफल भएको प्रसङ्गसम्म

काठमाडौं : सोमबार राजनीतिक घटनाका रुपमा संवैधानिक परिषद्को बैठक बस्यो। यसले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गर्यो।

बुधबार संसद् बैठक बस्यो। संसदमा स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले कपडा खोलेपछि हंगामा मच्चियो। उनले कपडा खोलेपछि सभामुखले उनलाई चेतावनी दिए।

त्यसपछि बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा विभिन्न दलका सांसद्हरूले आ–आफ्ना सुझाव दिए।

कसैले देशको अर्थतन्त्रको धामीझाँक्री नभई शल्यक्रिया नै गर्नुपर्ने बताए भने कसैले डिजिटल अर्थतन्त्रमा जोड दिए।

उता एमालेको केन्द्रीय समिति बैठक पनि आजैबाट च्यासलमा सुरु भयो। बैठकको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालमाथि खनिए।

अब लागौं उकेरा टप फाइभर्फ
सोमबार उकेराले सांसद अमरेश कुमार सिंह जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्। उनले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरे पनि सभामुखले नदिएपछि उनले कपडा खोलेका हुन्।
पूरा समाचारः सांसद अमरेशकुमार सिंह किन संसदमै लुगा फुकालेर बने अर्धनग्न?

दिउँसो उकेरा विद्युतीय भुक्तानी प्रयोगकर्ता बढेसँगै यसको कारोबारमा पनि व्यापक विस्तार भएकोबारे समाचार छापियो। २०७९ वैशाखदेखि फागुनसम्म ‘इलेक्ट्रोनिक चेक क्लियरिङ’बाहेक विद्युतीय भुक्तानीबाट करिब ७४ खर्ब रूपैयाँ बराबर कारोबार भएको छ।
पूरा समाचारः डिजिटल कारोबारमा छलाङ : तर मोबाइल बैंकिङजति कारोबार किन भएनन् वालेट?

त्यसैगरी दिउँसो नै उकेराले नियमित स्तम्भ अन्तर्गत भुईं मान्छेमा उमेरले ६७ वर्ष पार गरिसकेका रोहिणीप्रसाद भट्टराईको जीवन अनुभव समेट्यौं। भट्टराई विगत ४० वर्षदेखि घरमा रङ लगाउने काम गर्छन्। उनलाई सरकारी जागिर खाने धोको भए पनि कक्षा १२ सम्म अध्ययन गर्न नसकेको आफैँसँग गुनासो छ।
पूरा समाचारः सरकारी जागिर खाएका रोहिणीलाई हाजिर गरेपछि हाकिमले घरको काम गर्न लगाउँथे

साँझपख उकेराले संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको समाचार छाप्यो। साँझ ६ बजे सिंहदरबारमा बसेको परिषद्को बैठकले सर्वसम्मत निर्णय गरेको हो।
पूरा समाचारः प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

र राति उकेराले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको समाचार छाप्यो। उनको  शरीरमा रहेका ६ वटा लाईपोमाहरूको सोमबार शल्यक्रिया गरी निकालिएको हो।
पूरा समाचारः सन्दीपको शल्यक्रिया सफल

२५ बैशाख, २०८०, २२:१०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।