सांसद अमरेशकुमार सिंह किन संसदमै लुगा फुकालेर बने अर्धनग्न?

सांसद अमरेशकुमार सिंह किन संसदमै लुगा फुकालेर बने अर्धनग्न?

काठमाडौं : सांसाद अमरेश कुमार सिंह आज (सोमबार) जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्।

स्वतन्त्र सांसद सिंहले प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका थिए।

तर सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्। विरोध स्वरुप उनले शरीरको माथिल्लो भागको सर्ट र भित्री लुगा फुकालेका थिए। 

यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।

२५ बैशाख, २०८०, ११:४८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।