४ लाख ८६ हजार नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

४ लाख ८६ हजार नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

पर्सा : जिल्लाको वीरगंज महानगरपालिका-१६ चालिसफिटे सडकबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

१ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका–१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका–३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जाँदै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा नक्कली नोट फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२१ बैशाख, २०८०, १२:५१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।