डाक्टरको कोठामा मृत भेटिइन् वीर अस्पतालकी नर्स, भेटियो ‘सुसाइड नोट’

डाक्टरको कोठामा मृत भेटिइन् वीर अस्पतालकी नर्स, भेटियो ‘सुसाइड नोट’

काठमाडौं : वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ मृत भेटिएकी छन्।

श्रेष्ठ काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित कोशी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न घटना भएको हो।

घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।

घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ।

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ।

१७ बैशाख, २०८०, १६:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।