सरकारमा जानेभन्दा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढी छः रवि लामिछाने

सरकारमा जानेभन्दा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढी छः रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानले आफूहरू सरकारमा नजाने स्पष्ट संकेत गरेका छन्। 

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज भएको शपथ ग्रहणमा पत्रकारले गरेको प्रश्नमा सभापति लामिछानले सरकार जानेभन्दा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताए। 

आफूहरूले विश्वासको मत दिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न चासो नदिएको भन्दै उनले दुःख व्यक्त गरे। 

उनले भने, 'हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिँदा लागेको विषय मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो। हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्नुपर्छ भनेका थियौँ। त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो। त्यसमा हाम्रो गम्भीरभन्दा पनि गम्भीर आपत्ति छ।'

मतदाताले केही थान मान्छेलाई संसदमा नपठाएको र निश्चित एजेण्डासहित पठाएको उनले बताए। 'जुन बाचा गरेर हामी आएका थियौँ। त्यो बाचा राख्नुपर्नेमाअझ निर्मम हुनुपर्नेमा हटाइयो। यसमा हाम्रो गम्भीर आपत्ति छ। त्यसलै यसमा गम्भीर समीक्षा गरेर मात्र हामी अगाडि बढ्छौँ।'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बधाई दिन फोन गरेका उनले बताए। सरकारसम्बन्धी त्यस्तो कुनै कुराकानी प्रधानमन्त्रीसँग नभएको उनले बताए। साथै उनले मुलुकमा आफूहरूले अस्थिरता नहोस् भन्ने चाहेको पनि बताए। 

वैशाख १५, २०८० शुक्रबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।