पुनरागमन जितसँगै प्रिमियर लिगको छैटौं स्थानमा उक्लियो लिभरपुल

पुनरागमन जितसँगै प्रिमियर लिगको छैटौं स्थानमा उक्लियो लिभरपुल

एजेन्सी : खेलमा पुनरागमन गर्दै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

गए राति भएको खेलमा अग्रता भने  १२ औं मिनेटमा लुकास पाक्वेटाको गोलमार्फत वेस्ट ह्यामले बनायो।

तर १८ औं मिनेटमा नै गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए। यसपछि ६७ औं मिनेटमा मटिपले गोल गर्दै लिभरपुलको २-१ को जित पक्का गरे।

यो जितसँगै लिभरपुल ३२ खेलबाट ५३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

१४ बैशाख, २०८०, ०९:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।