पुरानो बसपार्क सडक छेउमा रहेको प्रहरी बिटमा महानगरको डोजर चल्यो

पुरानो बसपार्क सडक छेउमा रहेको प्रहरी बिटमा महानगरको डोजर चल्यो

काठमाडौँः काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ। 

पुरानो बसपार्कको सडकपेटीमा रहेको प्रहरी बिटलाई मंगलबार महानगरले डोजर लगाएर भत्काएको हो।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले केही दिनअघि काठमाडौँ महानगर क्षेत्रभित्रका सडक पेटीमा रहेका प्रहरीका संरचना हटाउन भनेका थिए। प्रहरी आफैंले नहटाएर महानगरले आफैंले हटाउन बालेनले चेतावनी दिएका थिए। 

१२ बैशाख, २०८०, १३:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।