चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित

चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित
फाइल तस्वीर

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन्। 

अन्तिम परिणाम अनुसार रास्वपाका सभापति लामिछानेले ५४ हजार १ सय ७६ मत पाएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत मात्र प्राप्त गरे। ४२ हजार ९ सय ६२ मतान्तरसहित लामिछानले जित निकाले। 

त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याए। लामिछानेले गत मंसिर ४ को निर्वाचनभन्दा ४ हजार ८ सय ८० बढी मत पाए। 

आइतबार भएको उपनिर्वाचनमा चितवन-२ मा ७८ हजार २ सय ७७ मत खसेको थियो। 

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए। 

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा उनको सांसद पदलाई अवैध ठहर्याएपछि यहाँ उपनिर्वाचन भएको हो। 

१२ बैशाख, २०८०, १२:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।