काठमाडौँको कपनमा चक्कु हानेर महिलाको हत्या, चक्कु हान्ने अज्ञात

काठमाडौँको कपनमा चक्कु हानेर महिलाको हत्या, चक्कु हान्ने अज्ञात

काठमाडौँ : चक्कु प्रहार गरेर कपनमा ३५ वर्षिया महिलाको हत्या भएको छ। काठमाडौँको कपनको सरस्वतीनगरमा चक्कु हानेर बागलुङ बडिगाड गाउँपालिकाकी निरा आचार्यको हत्या भएको हो।

बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा चक्कु हानेर गम्भीर घाइते भएको अवस्थामा उनी फेला परेकी थिइन्।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

आचार्यलाई कसले चक्कु हानेर घाइते बनाएको केही खुलेको छैन।

७ बैशाख, २०८०, १९:५९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।