वैदेशिक रोजगारीमा मारिएकाको बिमा रकमको नाममा ठगी गरेको आरोपमा रोजगार बोर्डका नासु पक्राउ

वैदेशिक रोजगारीमा मारिएकाको बिमा रकमको नाममा ठगी गरेको आरोपमा रोजगार बोर्डका नासु पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा रकम दिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित सात जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको हो।

कार्यालयका अनुसार अधिकारीसहित काभ्रेका रामबहादुर तामाङ, लालबन्दी-८, सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागज समेत फेला पारेको जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीमा जाँदा उतै मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीले कानुन अनुसार पाउने बिमाको रकम दिलाइदिन्छु भन्दै मृतकका आफन्तलाई ठगी गर्ने गरेको खुलेको छ।

२४ चैत, २०७९, १४:५९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।