सेयर बजारको बिजोग, कारोबार रकम जम्मा ८९ करोड

सेयर बजारको बिजोग, कारोबार रकम जम्मा ८९ करोड

काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८७ अङ्कले घट्दै १९०८.५५ अङ्कमा बन्द भयो। सेयर बजारमा कारोबार रकम १ अर्ब भन्दा तल झरेको छ।  

बिहीबारको कारोबारमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेकका सबै उपसूचक घट्यो।  होटल तथा पर्यटन उपसूचक ०.५० प्रतिशतले मात्र बढेको थियो।

बुधबार पनि ८२ करोड हाराहारीकै मात्र सेयर कारोबार भएको थियो। बिहीबार ८९ करोड ९५ लाख रूपैयाँको मात्र कारोबार भयो।

बिहीबार भएका २६ हजार ४३४ वटा कारोबारमा २७ लाख ५० हजार ६५५ कित्ता सूचीकृत धितोपत्र कारोबार भएको हो। शिवम् सिमेन्टको सर्वाधिक ५ करोडको कारोबार भएको थियो।  हिमालयन डिस्टिलरीको ३ करोड १२ लाख र जीवन विकास लघुवित्तको २ करोड १४ लाखको कारोबार भयो।

बिहीबार नेप्सेमा कुल २१५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयर मूल्य घटेको थियो। ४९ कम्पनीको सेयर मूल्यमा बढ्दा ९ कम्पनीको सेयर मूल्य स्थिर भयो।

सुपरमाइ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको थियो। कालिन्चोक दर्शनको सेयर मूल्य ६.०८ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयर मूल्य २.५७ प्रतिशतले बढेको थियो।

आदर्श लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशत घट्यो। जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८६ प्रतिशत र सपोर्ट लघुवित्तको सेयर मूल्य ३.७१ प्रतिशतले घट्यो।

१६ चैत, २०७९, १७:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।