सिद्धार्थ बैंकद्वारा विद्यालयलाई ४० लाख बराबरको सहयोग
![सिद्धार्थ बैंकद्वारा विद्यालयलाई ४० लाख बराबरको सहयोग](https://ukeraa.prixacdn.net/media/albums/siddhartha_bank_uuiBZUOS2b.jpg )
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनको मंगलबार समुद्घाटन गरेको छ।
एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको उद्घाटा गरेका हुन्।
सो अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर एवं सोको लागि आवश्यक सोलार, यूपीएस र ब्याट्री तथा दृष्टिविहीन विद्यार्थीहरूको लागि बहुउद्देश्यीय हल निर्माण गर्न ४० लाख रूपैयाँसम्मको सहयोग गर्ने सम्झौता गरेको छ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याल र विद्यालयको तर्फबाट प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरे।
चैत १५, २०७९ बुधबार १२:५७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।