रोनाल्डोको सानदार प्रदर्शन जारी, लक्जेमवर्गको पोस्टमा पोर्चुगलको ६ गोल

रोनाल्डोको सानदार प्रदर्शन जारी, लक्जेमवर्गको पोस्टमा पोर्चुगलको ६ गोल

एजेन्सी : स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो चम्केपछि पोर्चुगलले युरोकप २०२४ को छनोट खेलमा लक्जेमवर्गलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

युरो छनोटमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले लक्जेमवर्गको घरेलु मैदानमा पहिलो हाफमै चार गोल गरेको थियो।

समूह ‘जे’ को गए राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दा जो फेलिक्स र बर्नाडो सिल्भाले एक/एक गोल थपेका थिए।

यसपछि दोस्रो हाफमा ओटाभियो र राफेल लियोले एक/एक गोल गरेपछि पोर्चुगलले एकतर्फी जित निकाल्यो।

यसअघिको लिचेस्टाइनविरुद्धको खेलमा पनि दुई गोल गरेका रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने र सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड बनाइसकेका छन्।

१३ चैत, २०७९, ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।